काठमाडौं– साहित्यकार जीवनचन्द्र कोइरालाको निधन भएको छ। कोरोना संक्रमणका कारण उनको मृत्यु भएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुपति एवम् कुलप्रसाद कोइरालाले बताए।
नेपाली कांग्रेसका काठमाडौं जिल्ला सदस्य तथा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का पूर्व अध्यक्षसमेत रहेका कोइरालामा जेठ १६ गते स्वास्थ्य समस्या देखिएको थियो।
कुलप्रसादका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते पीसीआर गर्दा उनमा कोरोना पुष्टि भएको हो। २५ गते सिभिल अस्पतालको इमर्जेन्सीमा लगिएकोमा २६ गते धुलिखेल अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचार भइरहेको थियो।
ुउहाँको स्वास्थ्यमा निकै सुधार भइसकेको थियो। मंगलबार दिउँसो धेरै जनासँग फोनमा कुरा गर्नुभएको थियो। तर, राति एक्कासि स्वास्थ्य बिग्रिएछ। बुधबार १२ बजे उहाँले हामीलाई छोडेर जानुभयोु, कुलप्रसाले भने। उनीसँगै श्रीमती ज्योति र जेठी छोरी जोसुमा पनि संक्रमण भएकोमा उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए।