बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकामा ४१ हजार ९१८ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित भेटिएका हुन्। 

योसँगै काठमाडौंमा ३० हजार ५८८ सक्रिय संक्रमित छन् भने भक्तपुरमा ४ हजार ६१४ र ललितपुरमा ६ हजार ७१६ संक्रमित सक्रिय छन्। उपत्यकामा ४१ हजारभन्दा धेरै सक्रिय संक्रमित छन्।

त्यस्तै काठमाडौं उपत्यकामा हालसम्म १ हजार ४१३ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये काठमाडौंमा ९६० जना, भक्तपुरमा १९३ जना र ललितपुरमा २६० जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
 

प्रकाशित: May 12, 2021| 12:38 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।