बिहीबार, भदौ ११, २०८३

मोरङमा एकै दिन ११ संक्रमितको मृत्यु 

कोरोना संक्रमणबाट मोरङमा बुधबार ११ जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

विराटनगर– कोरोना संक्रमणबाट मोरङमा बुधबार ११ जनाको मृत्यु भएको छ। ८ जनाको उपचारका क्रममा विभिन्न अस्पताल र तीन जनाको होम आइसोलेसनमा मृत्यु भएको हो। 

विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय पुरुषको न्युरो अस्पतालमा बुधबार दिउँसो ३ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। 

विराटनगर–९ का ५२ वर्षीय पुरुषको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा बिहान मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो। 

सिरहाको लहान–१ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमै मृत्यु भएको छ। पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई मंगलबार उपचारका लागि भर्ना गरिएको थियो। देवका अनुसार संक्रमित वृद्धको दिउँसो २ बजेतिर मृत्यु भएको हो। 

विराटनगरको नोेबेल शिक्षण अस्पतालमा चार जनाको एकै दिन मृत्यु भएको छ। सुनसरीको इनरुवा–१ का ७५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका सप्तरीकी ५५ वर्षीया महिलाको बिहान ७ बजेतिर मृत्यु भएको छ। विराटनगर – ९ की ८० वर्षीया वृद्धा महिलाको बिहान ८ बजेतिर मृत्यु भएको छ।  विराटनगर –१० का ४६ वर्षीय पुरुषको पनि विहान ८ वजेतिर नावेलमा मृत्यृ भएको प्रबन्धक दाहालले बताए। 

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१२ का ८० वर्षीय वृद्ध पुरुषको बिहान ९ बजेतिर मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना रिपोर्ट पोजिटिभ आएपछि अवस्था गम्भीर बनेका वृद्धलाई उपचारका लागि बुधबार बिहान नै अस्पताल भर्ना गरिएको थियो।

विराटनगर –१३ का ५८ वर्षीय पुरुषको होम आइसोलेसनमा बिहान ११ बजेतिर मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ७९ वर्षीय वृद्ध पुरुषको दिउँसो १२ बजेतिर मृत्यु भएको छ। वैशाख २७ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएका पुरुष घरमै होम आइसोलेसनमा रहेका थिए।

मोरङको जहदा गाउँपालिका–७ का ६० वर्षीय पुरुषको पनि होम आइसोलेसनमै मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि घरमै बसेका उनको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ। 

प्रकाशित: May 12, 2021| 12:32 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।