बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनमोहन र ग्रिनसिटी अस्पतालले पनि थप कोरोना बिरामी नलिने

मनमोहन र ग्रिनसिटी अस्पतालले पनि थप कोरोना बिरामी नलिने

स्वयम्भूको मनमोहन मेमोरियल अस्पताल र धापासीस्थित ग्रीनसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ बिरामी भर्ना लिन बन्द गरेका छन्। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं- स्वयम्भूको मनमोहन मेमोरियल अस्पताल र धापासीस्थित ग्रीनसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ बिरामी भर्ना लिन बन्द गरेका छन्। 

मनमोहन मेमोरियलले एक विज्ञप्ति जारी गर्दै अक्सिजन मौज्दात नरहेको भन्दै नयाँ बिरामी नलिने बताएको हो। बेडको समस्या नभए पनि अक्सिजनको आपूर्तिमा आएको समस्याले गर्दा बिरामी लिन नसकिएको अस्पतालले जनाएको छ। 

‘मौज्दात अक्सिजन केही घण्टाका लागि भन्दा बढी नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना लिन नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ अस्पताल प्रशासनले निकालेको विज्ञप्तिमा भनिएको छ।

यस्तै ग्रीन सिटी अस्पतालले पनि अक्सिजन नभएकै कारण कोभिडका नयाँ बिरामी लिन नसकिने बताएको छ। उसले उपचाररत बिरामीलाई समेत जुनसुकै बेला स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले अक्सिजन आपूर्तिमा समस्या आएकाले नयाँ भर्ना गर्न नसक्ने र उपचाररत बिरामीलाई समेत सार्नु पर्ने अवस्था आउन सक्ने जनाएको छ। 

दैनिक २५० सिलिण्डर अक्सिजन आवश्यक रहे पनि व्यवस्थापनमा निकै कठिनाइ भइरहेको अस्पतालको भनाइ छ। अहिलेको विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा आएको समस्याले गर्दा अक्सिजन मौज्दात केही घण्टाभन्दा बढीका लागि नरहेकाले कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने विज्ञप्तिमा उल्लेख छ। 

ग्रिनसिटी अस्पतालमा हाल आईसीयूमा १० र हाई केयर युनिटमा ३० जना संक्रमित उपचाररत छन्। 

यसअघि बिरामी भर्ना नलिने र भर्ना भएका बिरामीलाई डिस्चार्ज हुन जोडबल गर्ने काम चाहबिलस्थित ओम अस्पताल, भैँसेपाटीस्थित मेडिसिटी अस्पताल, नेपाल मेडिकल कलेज, दीर्घायू गुरु, मध्यपुर अस्पताल र भैरहवास्थित युनिभर्सल कलेजले गरेका छन्।

प्रकाशित: May 12, 2021| 12:19 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।