बिहीबार, भदौ ११, २०८३

गाउँमा बिहे भोज चलेपछि बेहुलालाई समात्यो प्रहरीले

पर्वतको जलजला गाउँपालिका–२ मा निषेध आदेशको समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन्। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पर्वतको जलजला गाउँपालिका–२ मा निषेध आदेशको समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन्। जलजला–२ माझफाँटमा बिहेको भोज गर्ने दुई जना दुलहा आज पक्राउ परेका हुन्। 

मंगलबार बिहे गरेका दुई  जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ। उक्त गाउँमा  कोरोनाका सक्रिय संक्रमित ७५ जना छन्।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जनामात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ। प्रहरी पुगेपछि सहभागीको भागाभाग भएको थियो।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।

प्रकाशित: May 12, 2021| 12:05 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।