काठमाडौं- बूढानीलकण्ठ नगरपालिका-१० कपनमा एक महिलामाथि चक्कु प्रहार गरेर लुटपाट भएको छ।
बालुवाखानी साप्रेढुङ्गानजिक रेमिट सञ्चाल गर्ने २० वर्षीया महिलालाई काठमाडौं भंगाल बस्ने कञ्चनपुर भासिका ३६ वर्षीय सन्तोष विष्टले चक्कु प्रहार गरी १ लाख ४ हजार ९४० रुपैयाँ लुटेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट घाइते भएकी महिलाको भंगाल करुणा अस्पतालमा उपचार भइरहेकोे छ। प्रहरीले सन्तोेष विष्टलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।