बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशको मुख्यमन्त्री पुनः पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशको मुख्यमन्त्री पुनः पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त भएका छन्। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त भएका छन्। 

प्रदेश प्रमुख सीता पौडेलले उनलाई आज बुधबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गुरुङ मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्न प्रदेश प्रमुखको निवासमा पुगेका छन्। 

प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउँसो ४ बजे ७२ घण्टाको समय दिँदै बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

यो अवधिमा बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका कृष्ण थापा र खिमबिक्रम शाहीले साथ नदिएपछि उनको मुख्यमन्त्री बन्ने सपना साकार हुन पाएन। यद्यपि, नेपालीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन थियो। 

अल्पमतको भएका कारण मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ।

प्रकाशित: May 12, 2021| 11:51 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।