बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन अभावले रुपन्देहीमा एकैदिन ११ जना संक्रमितको मृत्यु

अक्सिजन अभावले रुपन्देहीमा एकैदिन ११ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणको हटस्पट रुपन्देहीमा बुधबार एकै दिन ११ जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

बुटवल– कोरोना संक्रमणको हटस्पट रुपन्देहीमा बुधबार एकै दिन ११ जनाको मृत्यु भएको छ। भैरहवा र बुुटवलका अस्पतालहरुमा उपचाररत कोरोना संक्रमित बिरामीले कतै अक्सिजन अभाव त कतै बेड नपाएकाले ज्यान गुमाएका हुन्।

कोभिड भिम अस्पतालमा ७ जना, युनिभर्सल मेडिकल कलेजमा उपचाररत २ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा २ जनाको बुधबारमात्रै मृत्यु भएको हो।

भीममा मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउपालिका २ का ७० वर्षीय पुरुष, तिलोत्तमा नगरपालिका ४ की ४४ वर्षीय महिला, तिलोत्तमा ८ की ४४ वर्षिय महिला, सिद्धार्थनगर ७ की ६५ वर्षिय महिला, रोहिणी ३ का ५८ वर्षिय पुरुष र सियारी २ का ८५ वर्षीय पुरुष छन्। 

यस्तै युनिभर्सल मेडिकल कलेजमा उपचाररत गैडहवा गाँउपालिका ७ की ४० वर्षिय महिला र तिलोत्तमा नगरपालिका १३ का ३२ वर्षिय पुरुष संक्रमितको बुधबार विहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

यता लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही तिलोत्तमा ६ का ७० वर्षिय महिला, तिलोत्तमा १ का ५७ वर्षिय पुरुषको बुधबार विहान मृत्यु भएको अस्पतालका सूूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

यसअघि सोमबार रातिदेखि मंगलबार रातिसम्म १८ जनाको लुम्बिनीमा मात्रै मृत्यु भएको थियो। अधिकांश बिरामीको अक्सिजन नपाएकै कारण मृत्यु भएको आफन्तहरुले बताएका छन्। अस्पतालहरुले अक्सिजन सकिएको भन्दै उल्टै बिरामीलाई त्रसित बनाउँदा स्थिति थप भयभित बन्ने गरेको छ।

प्रकाशित: May 12, 2021| 11:28 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।