पोखरा– गण्डकी प्रदेशमा नयाँ सरकार गठनको सन्दर्भमा महत्वपूर्ण मानिएको राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही पनि विपक्षी गठबन्धनबाट बाहिरिएका छन्। आज विज्ञप्ति प्रकाशित गरी उनले आफू कुनै पनि गठबन्धनमा नरहेको प्रष्ट्याएका हुन् ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा हस्ताक्षर गरेका भनिएका खिमबिक्रमले आफूले कुनै पनि पक्षमा हस्ताक्षर नगरेको र तटस्थ रहने बताएका हुन्। यसअघि संसदीय दलका नेता कृष्ण थापाले पनि आफू तटस्थ रहेको बताएका थिए।