काठमाडौं– एक सय बेड वा सोभन्दा माथि क्षमता भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयमा आज बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले प्लान्ट जडानको निर्देशन दिँदै त्यसको समन्वय तथा सहजीकरण मन्त्रालयले गर्ने निर्णय गरेको छ।
त्यस्तै मन्त्रालयले कुनै पनि संघसंस्थाले वैदेशिक सहायता लिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा लिनुपर्ने निर्णय पनि गरेको छ। वैदेशिक सहायता एकद्वार प्रणालीअनुसार आओस् भनेर यस्तो निर्णय गरिएको मन्त्रालयको भनाइ छ।