बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ मुख्यमन्त्रीको दाबीसहित कृष्णचन्द्रले बुझाए प्रदेश प्रमुखलाई पत्र

नयाँ मुख्यमन्त्रीको दाबीसहित कृष्णचन्द्रले बुझाए प्रदेश प्रमुखलाई पत्र

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री पदमा दाबीसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख कार्यालयमा निवदेन दर्ता गराएका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पोखरा– गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री पदमा दाबीसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख कार्यालयमा निवदेन दर्ता गराएका छन्।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनमोर्चा नेपाल र जनता समाजवादी पार्टीको समर्थनमा उनले निवेदन दर्ता गराएका हुन्। 

नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, जनमोर्चा नेपालका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको नेपालीले दर्ता गराएको निवेदन पत्रमा उल्लेख छ। 

नेपालीले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न अनुरोध गरेका छन्। 

उनले निवेदन दर्ता गराएपछि प्रदेश प्रमुख सीता पौडेल संवैधानिक तथा राजनीतिक परामर्शमा छिन्।

प्रकाशित: May 12, 2021| 11:06 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।