बिहीबार, भदौ ११, २०८३

कर्णालीमा ३ मन्त्री थपिए, शपथ ग्रहण भोलि

कर्णाली प्रदेशमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार तीन जना मन्त्री नियुक्त गरेका हुन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार तीन जना मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुमा आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री बिन्दमान विष्ट, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र जलस्रोत तथा उर्जा विकासमन्त्री सीताकुमारी नेपाली छन्।

शर्मा रुकुमपश्चिम निर्वाचन क्षेत्र १ (ख) र विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। त्यस्तै नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन्। 

यसअघि माओवादी संसदीय दलको प्रमुख सचेतक रहेकी उनलाई भौतिक पूर्वाधार मन्त्रालयल टुक्राएर जलस्रोतमन्त्री बनाइएको हो।

नवनियुक्त मन्त्रीहरुको भोलि बहिान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराइने मुख्ममन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए।

प्रकाशित: May 12, 2021| 11:05 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।