बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपछि ठाकुर र महतोले भने– सरकार गठनका लागि तयार छैनौं

राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपछि ठाकुर र महतोले भने– सरकार गठनका लागि तयार छैनौं

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय घर्किंदै गएको छ। तर, विपक्षी गठबन्धनले अहिलेसम्म बहुमत जुटाउन सक्ने स्थिति देखिएको छैन। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय घर्किंदै गएको छ। तर, विपक्षी गठबन्धनले अहिलेसम्म बहुमत जुटाउन सक्ने स्थिति देखिएको छैन। 

जसपाभित्र दुईधार देखिएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ सरकार निर्माणको पक्षमा छन्। तर, जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले अहिले आफूहरु सरकार गठन प्रक्रियामा नरहेको बताउँदै आएका छन्।

बुधबार ठाकुर र महतोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग छुट्टाछुट्टै भेट गरेर आफ्नो धारणा प्रष्ट पारेका छन्।

सो पक्षले वैकल्पिक सरकारका लागि पार्टी अहिले नै तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको हो।  

‘नेताहरुले अहिले पार्टी नयाँ सरकार गठन गर्ने प्रक्रियामा सामेल नभएको भनेर जानकारी गराउनु भएको छ,’ ठाकुर निकट एक नेताले भने, ‘हामीले प्रष्ट रुपमा आफ्नो कुरा राखेका हौं।’

प्रधानमन्त्रीसँगको भेटमा भने विपक्षी गठबन्धनको बहुमत पुग्न नदिने विषयमा पनि छलफल भएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेपछि ठाकुर र महतो जसपाले बुधबार नै बोलाएको पदाधिकारी बैठकमा भाग लिन पुगेका छन्।

प्रकाशित: May 12, 2021| 10:47 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।