काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी बैठक जारी छ।
ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा जसपाका अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, वरिष्ठ नेता अशोक राईलगायत सहभागी छन्।
नयाँ सरकार गठन गर्नेबारे जसपामा विवाद छ। आजको पदाधिकारी बैठकले सत्ता साझेदारीबारे केही निर्णय लिने बताइएको छ।
आजै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए।