बिहीबार, भदौ ११, २०८३

बागलुङमा ६ स्वास्थ्यकर्मीसहित १०२ जना संक्रमित थप

गण्डकी प्रदेशको बागलुङमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

पोखरा- गण्डकी प्रदेशको बागलुङमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। धौलागिरी अस्पताको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार बिहान १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रयोगशालाका अनुसार बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका १ सय २ जनामा संक्रमण पुष्टि भएको हो। 

धौलागिरी अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिकामा मात्रै ८९ जना संक्रमित रहेको पुष्टि भएको छ। तीमध्ये वडा नं १४ नारायणस्थान, वडा नं ९ तित्याङ र वडा नं १३ पैञ्युपाटामा संकलन गरिएको स्वाबमध्ये धेरैको नतिजा पोजेटिभ आएको छ। 

त्यस्तै बडिगाड गाउँपालिकाका २ र निसीखोला गाउँ पालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ। बागलुङमा सकिय संक्रमितको संख्या ५५३ पुगेको छ।

प्रकाशित: May 12, 2021| 08:35 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।