बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वबैंकर निरज श्रेष्ठका बाबु–छोराको १२ घण्टाको अन्तरमा मृत्यु

पूर्वबैंकर निरज श्रेष्ठका बाबु–छोराको १२ घण्टाको अन्तरमा मृत्यु

पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– पूर्वबैंकर निरज श्रेष्ठको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

उनको बुधबार बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा मृत्यु भएको अस्पतालले जनाएको छ। उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण मृत्यु भएको थियो। 

श्रेष्ठ केही दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था सुध्रिएपछि उनले आफ्नो बेड अरुलाई दिन भनेका थिए। उनलाई संक्रमणले फेरि च्याप्यो तर अस्पतालमा बेड पाएनन्। 

श्रेष्ठ माछापुच्छ्रे बैंक हुँदै केही दिन सनराइज बैंकको सीईओसमेत भएका थिए। सनराइजमा सञ्चालक समितिमा विवाद भएपछि उनले राजीनामा दिएका थिए। तत्कालिन ग्रिनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोवल आइएमई बैंकमा पनि काम गरेका थिए। जानकारहरुका अनुसार उनको दक्षता बैंकको जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा थियो। 

श्रेष्ठका श्रीमती र एक छोरी छन्। तर उनीहरु दुवै नयाँ दिल्ली पुगेको र कोरोना संक्रमण देखिएकोले उतै अड्किएका छन्। 
 

प्रकाशित: May 12, 2021| 08:15 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।