बिहीबार, भदौ ११, २०८३

अक्सिजनको व्यवस्था गर्न कांग्रेस नेता लेखकको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अक्सिजन अभावले मृत्यु बढेको भन्दै अक्सिजनको व्यवस्था गर्न सरकासँग माग गरेका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अक्सिजन अभावले मृत्यु बढेको भन्दै अक्सिजनको व्यवस्था गर्न सरकासँग माग गरेका छन्। लेखकले बुधबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत उक्त माग गरेका हुन्। 

मुलुकभरि नै अक्सिजन, बेड, आईसीयू र भेन्टिलेटरको अभावले अवस्था भयावह बनेको भन्दै सरकारले अब सबै काम छाडेर अक्सिजनको व्यवस्था गर्नुपर्ने लेखकले बताएका छन्।

‘देशभरि नै अक्सिजन, बेड, आईसीयू, भेन्टिलेटरको अभाव छ। सुदूरपश्चिममा अक्सिजनकै अभावमा धेरैले दिनहुँ ज्यान गुमाइरहेका छन्,’ लेखकले फेसबुकमा लेखेका छन्, ‘यो भयावह अवस्थाबारे मैले सम्बन्धित मन्त्रीहरूसँग निरन्तर कुरा गरे। चाँडो व्यवस्था गर्न अनुरोध गरे। सरकारलाई पुनः तत्काल अक्सिजनको व्यवस्था गर्न अनुरोध गर्दछु। जनताको जीवन रक्षा सरकारको पहिलो काम हो। अहिले सबै काम छाडेर यसमा लागौं।’

प्रकाशित: May 12, 2021| 07:56 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।