बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनीको मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता अधिकारकर्मीको माग

चिनीको मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता अधिकारकर्मीको माग

उपभोक्ता अधिकारकर्मीले संकटको समयमा चिनीको कृत्रिम अभाव गरी मूल्य बढाउने षड्यन्त्र भएको भन्दै चिनीको अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन्। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं - उपभोक्ता अधिकारकर्मीले संकटको समयमा चिनीको कृत्रिम अभाव गरी मूल्य बढाउने षड्यन्त्र भएको भन्दै चिनीको अनुचित मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन्। 

राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने प्रपञ्च भएकाले नियन्त्रण गर्न माग गरेको हो।

उद्योगीहरूले उत्पादनको नाममा विदेशबाट चिनी आयात गरिरहेका र कम उत्पादन भएको हवाला दिएर मूल्य वृद्धि गरिरहेको मञ्चको ठहर छ। ‘चिनीको कृत्रिम मूल्य वृद्धिको विषयमा छानबिन गरी मूल्य तत्काल नियन्त्रण गरी अनुचित व्यापारिक क्रियाकलाप गर्ने, राजस्व छली गर्ने उद्योगी तथा व्यवसायीहरूमाथि कडा कारबाही गर्न अनुरोध गर्दछौं,’ मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोभिड–१९ को महामारी र लकडाउनको दोहोरो मारमा परेका उपभोक्तालाई मूल्य र आपूर्तिमा राहत दिलाउनको लागि बजार हस्तक्षेप गर्ने गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ५० हजार मेट्रिक टन चिनी सहुलियत मूल्यमा आयात गर्न अनुमति दिन समेत मञ्चले विज्ञप्तिमार्फत् माग गरेको छ।

र, याे पनि 

चिनी आयातमा अर्थ मन्त्रालयको सधैँ आनाकानी, मूल्यमा उद्याेगीकाे मनाेमानी

प्रकाशित: May 12, 2021| 07:54 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।