काठमाडौं– काठमाडौं महानगरपालिका–१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्बर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटलमा तास खेलिरहको अवस्थामा गौतमसमेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त होटलभित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइनसहित फेला पारी पक्राउ गरेको हो।