बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'काठमाडौंमा उत्पादन हुने ८-१० हजार ग्यास सिलिन्डर कहाँ खपत हुँदैछ?'

'काठमाडौंमा उत्पादन हुने ८-१० हजार ग्यास सिलिन्डर कहाँ खपत हुँदैछ?'

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले काठमाडौंमा उत्पादन भइरहेको अक्सिजन कहाँ खपत भइरहेको छ भन्दै प्रश्न गरेका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले काठमाडौंमा उत्पादन भइरहेको अक्सिजन कहाँ खपत भइरहेको छ भन्दै प्रश्न गरेका छन्।

'काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन्। काठमाडौंमा मात्र दैनिक ८-१० हजार सिलिन्डर अक्सिजन उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ?', सामाजिक सञ्जालमाा लेख्दै उनले प्रश्न गरेका छन्।

क्षमता वृद्धि गर्न नसकेपनी उक्त अक्सिजनको खपत बारे जनतालाई जानकारी गराउन उनले माग गरेका छन्। 'राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजहरू समेत प्रयोग गरि संभव भएका विदेशी नियोग समेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस्', उनले भनेका छन्।

प्रकाशित: May 12, 2021| 06:59 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।