बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन अभाव भएको भन्दै नेपाल मेडिकल कलेजले राेक्याे बिरामी भर्ना

अक्सिजन अभाव भएको भन्दै नेपाल मेडिकल कलेजले राेक्याे बिरामी भर्ना

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना प्रक्रिया बन्द गरेको छ। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं – नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना प्रक्रिया बन्द गरेको छ। 

कोरोना संक्रमितको चाप वृद्धि भइरहेका बेला अक्सिजन पर्याप्त उपलब्ध नभएकाले अर्को सूचना नभएसम्मका लागि बिरामी भर्ना नसकिने जनाएको हो। 

साथै अस्पतालले अक्सिजन उपलब्ध हुने सम्भावना न्यून रहेकाले गम्भीर समस्या उत्पन्न हुन सक्ने देखिएकाले सो अगावै वा आफ्नो व्यवस्था गर्न पनि बिरामी पक्षलाई भनेको छ। 

सूचनामा भनिएको छ, ‘अक्सिजन उपलब्ध हुन नसक्ने उल्लेखित व्यवहोरासहित बिरामीलाई डिस्चार्ज गर्न लागिएकोबारे सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ।’

यसबाट पर्न जाने असुविधाप्रति अस्पताल प्रशासनले क्षमा पनि मागेको छ। 

प्रकाशित: May 12, 2021| 06:59 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।