बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असफल शक्तिहरू चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएका छन् : घनश्याम भुसाल

असफल शक्तिहरू चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएका छन् : घनश्याम भुसाल

नेकपा एमालेका माधव पक्षीय नेता घनश्याम भुसालले असफल भएका शक्तिहरूले चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएको बताएका छन्। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं - नेकपा एमालेका माधव पक्षीय नेता घनश्याम भुसालले असफल भएका शक्तिहरूले चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएको बताएका छन्। 

कामचलाउ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले फेसबुकमार्फत् यस्तो बताएका हुन्। 

‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ-माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ,’ उनले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन: स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन।’

ओलीको चाहना आफ्नै नेतृत्वमा ‘अर्ली इलेक्सन’

उनले आत्मसर्मपण क्रान्तिप्रतिको गद्दारी भएको आफूहरूलाई थाहा भएका पनि उल्लेख गरेका छन्। 

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर, आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ,’ उनले लेखेका छन्।

प्रकाशित: May 12, 2021| 06:29 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।