चितवन - जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन्। भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना संक्रमणपुष्टि भएको थियो। अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ बजे मृत्यु भएको हो।
सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय संक्रमित वृद्धाको मृत्यु भएको छ। निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना संक्रमणपुष्टि भएको थियो। कोरोना संक्रमणपुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४:४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। निमोनियाका कारण यह वैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना संक्रमणपुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४:२६ बजे मृत्यु भएको हो।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको मृत्यु भएको छ। निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना संक्रमणपुष्टि भएको थियो। संक्रमणपुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३:५९ बजे मृत्यु भएको हो।
सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ। निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड संक्रमणपुष्टि भएको थियो। संक्रमणपुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १:३९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमणपुष्टि भएको थियो। संक्रमणपुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १:५३ बजे मृत्यु भएको हो।
भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। निमोनियाको समस्या भई वैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख १५ गते कोरोना संक्रमणपुष्टि भएको थियो। अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राति ११:५ बजे मृत्यु भएको हो।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना संक्रमितको मृत्यु भएको छ।
निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना संक्रमणपुष्टि भएको थियो। संक्रमणपुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मंगलबार राति १०:३० वजे मृत्यु भएको हो। मृतक सबैको शव व्यवस्थापनका लागि समन्वय भइरहेको छ। रासस