बिहीबार, भदौ ११, २०८३

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

धनगढी - कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा ज्यान गएको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ८९४० नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको से५प २२९९ नम्बरको मोटरसाइकललाई गएराति घोडाघोडी नगरपालिका–२ साडेपानीमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

ट्रक र चालक इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 12, 2021| 03:42 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।