बिहीबार, भदौ ११, २०८३

धादिङ अस्पताललाई ६२ अक्सिजन सिलिन्डर हस्तान्तरण

ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन्।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

धादिङ - ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन्।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन  सिलिन्डर उपलब्ध गराएको छ। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए। 

धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालमा गम्भीर किसिमका कोरोना सङ्क्रमित व्यक्ति बढेसँगै उपचारमा सहजताका लागि महासंघले अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो।

अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए। 

व्यवसायीहरूबाट अक्सिजन भरेर अस्पताललाई उपलब्ध गराएको  महासंघका महासचिव रेग्मीले बताए। 

हरेक दिन कोरोना संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले सामाजिक दायित्वअन्तर्गत बजारमा सिलिन्डरसमेत नपाइने अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो। व्यवसायीहरूसँग उठाएर ल्याइएको सिलिन्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले बेहाेरेका छन्। 

जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ। सिमेन्ट उद्योगले भने निःशुल्क उपलब्ध गराएको हाे। 

यससँगै धादिङमा हाल १३० अक्सिजन सिलिन्डर छ। हरेक दिन २५ देखि ३० अक्सिजन सिलिन्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए। रासस

प्रकाशित: May 12, 2021| 03:42 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।