सोमबार, असार २९, २०८३

गुल्मीको रेसुंगामा जहाज बस्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
गुल्मी- विमानस्थलको चर्चा सुरु भएको ३७ वर्ष देखि गुल्मीको रेसुंगामा उडान सुरु भएको छ । शुक्रबार दिउँसो ३:५५ मा तारा एयरको विमान रेसुंगा विमानस्थलमा अवतरण गरेको छ । 

रेसुङ्गामा उत्रेको विमानलार्इ स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । विमानमा पराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल रेसुङ्‍गा उत्रेका थिए । 

चर्चामा रहेको गुल्मीको विमानस्थलले सफलता हासिल गरेपछि स्थानीय मात्रै नभएर छिमेकी जिल्लाका जनता समेत खुशी भएका छन् । एयरपोर्ट निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जहाज आउनु पूर्व प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्