बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा २१ सय क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाइँदै

प्रदेश १ मा २१ सय क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाइँदै

प्रदेश १ सरकारले कोरोना संक्रमण बढेसँगै कोभिड डेडिकेटेड अस्पतालको तयारी गरेको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

विराटनगर - प्रदेश १ सरकारले कोरोना संक्रमण बढेसँगै कोभिड डेडिकेटेड अस्पतालको तयारी गरेको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको सरोकारवालाको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, बूढीगंगा, नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, बी एण्ड सी अस्पताल, बिर्तामोडमा कम्तीमा ५००–५०० शय्या क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई १०० शय्या क्षमताको कोभिड डेडिकेटेड अस्पताल बनाउने तयारी गरिएको हो। 

डेडिकेटेड अस्पतालका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पीसीसीएमसीबाट नेपाल सरकार सीसीएमसी समक्ष प्रस्ताव गरी पठाउने निर्णय भएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए। उनका अनुसार निजी अस्पतालहरूलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलब्ध गराई गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरणका लागि संघीय सरकारसमक्ष लेखी पठाउने निर्णय भएको छ। 

प्रदेश सरकारले वर्तमान जटिल परिस्थितिमा जनजीवनलाई न्यूनतम मात्र असर पर्ने गरी सीमानाका र आन्तरिक आवगमन एवं व्यापार व्यवसायलाई नियन्त्रित रुपमा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण होल्डिङ सेन्टर, आइसोलेसन सेन्टरलगायतका कार्यहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संघीय सरकारको नीति एवं निर्देशनसँग सामञ्जस्यता कायम हुने गरी स्थानीय निकायहरूसँगको समन्वय र सहकार्यमा तत्काल गर्नुपर्ने कार्यहरू र त्यसका लागि स्रोत, साधन, जनशक्ति परिचालनको आवश्यकता र औचित्यसहितको नयाँ कार्ययोजना तर्जुमा गरी तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ। 

प्रदेश १ मा ९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। दैनिक संक्रमितको संख्या बढेसँगै प्रदेश सरकारले अस्पतालहरूमा बेड क्षमता बढाउने तयारी गरेको हो। 

प्रदेश १ मा अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर, विराट मेडिकल कलेज बुढीगंगा, न्युरो अस्पताल विराटनगर, नोबेल मेडिकल कलेज विराटनगर, मेची अस्पताल झापा, बी एण्ड सी अस्पताल झापा, धनकुटा अस्पताल र संखुवासभा अस्पतालमा संक्रमितको उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 12, 2021| 01:42 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।