बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेलाई धमाधम कारबाही गरिँदै

स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेलाई धमाधम कारबाही गरिँदै

कोभिड-१९ संक्रमण बढेसँगै स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले धमाधम कारबाही सुरु गरेको छ। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

विराटनगर - कोभिड-१९ संक्रमण बढेसँगै स्वास्थ्य सामग्रीमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले धमाधम कारबाही सुरु गरेको छ। 

कार्यालयले अनुगमनका क्रममा कालोबजारी गरेको पाइए तत्कालै कारबाही गर्दै आएको छ। तीन दिनमा आधा दर्जन बढी फार्मेसीलाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए। 

उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ र सुनसरीका १–१ वटा फार्मेसीलाई २–२ लाख जरिवाना गरेको छ। मोरङको बुढीगंगा–२ को विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधि उद्योगले उत्पादन गरेको रव क्लिन ब्रान्डको १२० मि.लि. को स्यानिटाइजरलाई ८० रूपैयाँमा खरिद गरेर १६५ रूपैयाँमा बिक्री गरेको पाइएपछि तत्कालै दुई लाख जरिबाना गरिएको छ। 

सुनसरी इटहरीको विविता सर्जिकल हाउसले भारतीय कम्पनीद्वारा उत्पादित अधिकतम खुद्रा मूल्य उल्लेख नभएको लाइफ गार्ड ब्रान्डको ह्यान्ड स्यानिटाइजर ३९.३० मा खरिद गरी ८० रूपैयाँमा बिक्री गरी अनुचित र अस्वभाविक नाफा गरेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको दुई लाख तत्काल जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताए। 

मास्क र स्यानिटाइजरको बिल बिजक बिना खरिद र बिक्री गर्ने विराटनगर–२ को विनुका फार्मेसी, सुनसरी इटहरीको टाटा नन्दा फार्मेसी, इटहरीको होम्ताङ आयुर्वेद औषधालयलाई २०–२० हजार र यस फार्मेसी विराटनगरलाई पाँच हजार जरिबाना गरिएको छ। 

अनुगमनमा सहयोग नगर्ने सुनसरी धरानको सुनौलो मेडिकल हललाई पनि २० हजार जरिबाना गराइएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्कालै जरिबाना गर्ने गरिएको कार्यालय प्रमुख पोखरेलले बताए। 

‘अधिकतम खुद्रा मूल्य धेरै अंकित भए पनि खरिद गरेको मूल्यमा थोरै मात्र थप गरी बिक्री गर्नेहरूलाई धन्यबाद पनि दिने गरिएको छ,’ उनले भने।

वाणिज्य कार्यालयले अनुगमन तीव्र पारेको उनले बताए। उनले प्रशासन, प्रहरी र सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन गर्ने गरिएको कार्यालय प्रमुख पोखरेलले बताए। 

प्रकाशित: May 12, 2021| 01:26 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।