बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अक्सिजन अभावमा काेराेना उपचारबाट धमाधम हात झिक्दै निजी अस्पताल

अक्सिजन अभावमा काेराेना उपचारबाट धमाधम हात झिक्दै निजी अस्पताल

बिरामी भर्ना नलिने र भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्न जाेडबल गर्ने अस्पतालमा मेडिसिटी, ओम, दीर्घायु गुरु, नेपाल मेडिकल कलेज,  युनिभर्सल कलेज, मध्यपुर अस्पताल लगायत छन्। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– अक्सिजन अभाव भएको भन्दै मुलुकका केही निजी अस्पतालले बिरामीको उपचार गर्नबाट हात झिक्न थालेकेका छन्। बिरामी भर्ना नलिने र भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्न जाेडबल गर्ने अस्पतालमा मेडिसिटी, ओम, दीर्घायु गुरु, नेपाल मेडिकल कलेज,  युनिभर्सल कलेज, मध्यपुर अस्पताल लगायत छन्। 

ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको अक्सिजनको अभाव भएको जनाएको छ। अस्पतालमा अहिले १२० भन्दा बढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले बताए।

दैनिक ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिन्डर मात्र अक्सिजन उपलब्ध हुने गरेको जानकारी राणाले दिए। अस्पतालले अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल  बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको विज्ञप्तिमार्फत जनाएको छ। 

यस्तै मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ। अस्पतालका निर्देशक डा। रविना प्रधानांगले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाएकी हुन्। अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन सकिएपछि कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्न सूचित गरेको छ। अस्पताल प्रशासनले मंगलबार  सूचना जारी गर्दै अक्सिजन सप्लाई गर्ने कम्पनीको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलब्ध हुन नसकेको र अन्यत्रबाट पनि अक्सिजन नपाएकाले मंगलबार साँझ ४ बजेदेखि संक्रमित बिरामीले आफैं व्यवस्था गर्न भनेको थियो।

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सले पनि अक्सिजन अभाव भएको भन्दै बिरामीको उपचार गर्न नसक्ने भएको छ। अस्पतालले सोमबारदेखि नयाँ बिरामी भर्ना लिन छाडेको छ। दैनिक २ सय संक्रमित बिरामीको उपचार गर्ने अस्पतालले त्यसका लागि दैनिक ७ सय सिलिन्डर आवश्यक पर्ने बताएको छ।

‘दैनिक ७ सय सिलिन्डरको नियमित व्यवस्थापन गर्न तथा वैकल्पिक व्यवस्था गर्न सहज परिस्थिति उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ , ‘नियमित अक्सिजन आपूर्ति नभएसम्मका लागि सीमित शय्या मात्रै सञ्चालनमा ल्यार्इ सेवा प्रदान गरिनेछ।’

काठमाडौंको ओम अस्पतालले पनि सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त रहेको जनाउँदै कोभिडका नयाँ बिरामी भर्ना गर्न नसकिएको जनाएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त रहेको अवस्थामा पनि अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना गर्न असमर्थ भएको व्यहोरा जानकारी गराउन चाहन्छौं।’

दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरले पनि अक्सिजनको चर्को अभाव भएकाले संक्रमितको उपचार गर्न नसकिएको जनाएको छ। अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रस्ट पारिसकेको छ। सरकारले भने अस्पतालहरुमा पर्याप्त उपलब्ध गराउने भन्दा पनि कोटा तोकेर सिलिन्डिर वितरण गर्न थालेको छ।

प्रकाशित: May 11, 2021| 16:12 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।