बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परिस्थिति हेरेर निर्णय लिने माधव–झलनाथ पक्षको निर्णय

परिस्थिति हेरेर निर्णय लिने माधव–झलनाथ पक्षको निर्णय

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले परिस्थिति हेरेर आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– नेकपा एमालेको असन्तुष्ट पक्ष माधव–झलनाथ पक्षले परिस्थिति हेरेर आवश्यक निर्णय लिने निष्कर्ष निकालेको छ। भर्चुअल माध्यमबाट आज बसेको यो समूहको स्थायी कमिटी बैठकले एकदुई दिनमा हुने परिस्थितिलाई हेरेर निर्णय लिने निष्कर्ष निकालेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए। 

‘संसदमा अनुपस्थित हुने निर्णयको समीक्षा र अहिलेको परिस्थितिबारे छलफल गरेका हौं,’ उनले भने।अबको परिस्थितिमा के उपयुक्त हुन्छ त्यो परिस्थिति हेरेर निर्णयमा पुग्ने जिम्मा स्थायी कमिटीलाई दिइसकिएको नेताहरुले बताएका छन्। 

स्थायी कमिटीका अर्का नेता मुकुन्द न्यौपानेले दलहरूको भूमिका, गठबन्धनको पक्षमा बहुमत जुट्ने, नजुट्ने अवस्था हेरेर निष्कर्षमा पुग्नेबारे आजको बैठकमा छलफल भएको जानकारी दिए। बैठकले जसपाको निर्णय के हुन्छ त्यसका आधारमा पनि थप रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।

प्रकाशित: May 11, 2021| 15:42 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।