बिहीबार, भदौ ११, २०८३

अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय

सरकारले अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ।

नागरिक उडड्यन प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द यथावत् रहने जानकारी दिएको छ। एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथि लगाइएको रोक कायमै जनाइएको छ।

विमान कम्पनीहरुलाई अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्न पनि भनिएको छ। आन्तरिकतर्फको उडान कहिलेसम्म बन्द गर्ने भन्ने बारे कुनै निर्णय भइसकेको छैन।

प्रकाशित: May 11, 2021| 13:59 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।