बिहीबार, भदौ ११, २०८३

भिसा अवधि सकिएका दुई हजार विदेशी अलपत्र 

भिसा अवधि सकिएका २ हजार विदेशी नागरिक नेपालमा अलपत्र परेका छन्। निषेध आदेशका कारण उनीहरुको स्वदेश फर्कन नपाएका हुन्। उनीहरुमध्ये अधिकांश पर्यटक भिसामा आएका हुन्। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– भिसा अवधि सकिएका २ हजार विदेशी नागरिक नेपालमा अलपत्र परेका छन्। निषेध आदेशका कारण उनीहरुको स्वदेश फर्कन नपाएका हुन्। उनीहरुमध्ये अधिकांश पर्यटक भिसामा आएका हुन्। 

भिसा अवधि थप गर्ने निकाय अध्यागमन विभाग अन्तर्राष्ट्रिय उडान ठप्प भएसँगै वैशाख २३ गतेदेखि बन्द छ। अत्यावाश्यकबाहेकका सेवा बन्द गरिएकाले भिसा अवधि सकिएकाहरुको नवीकरण गर्न नपाएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

उनका अनुसार हाल भिसा अवधि सकिएकाले अब नवीकरण गर्दा निषेध आदेश अन्त्य भएको एक सातासम्म जरिवाना तिर्नुपर्ने छैन। 
महानिर्देशक भट्टराईले भने, अन्तर्राष्ट्रिय उडान सुरु हुनेबित्तिकै सबै काम सहज हुनेछ। उडान सुरु भएको एक हप्तासम्म भिसा नवीकरणमा  जरिवाना लाग्ने छैन।’ 
अमेरिकाबाहेकका विदेशी नागरिक वर्षमा १ सय ५० दिन भन्दा बढी नेपालमा बस्न पाउँदैनन्। नेपाल र अमेरिकाबीच भिसामा पारस्पारिकता कायम भएपछि अमेरिकी नागरिक भने एक पटक भिसा लिएपछि १ सय ८० दिन नेपाल बस्न पाउँछन्।
 

प्रकाशित: May 11, 2021| 13:08 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।