विराटनगर– प्रदेश १ मा मंगलबार ९०४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ८०० जनाको पीसीआर परीक्षण गर्दा ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ हजार ८२४ पुगेको छ। संक्रमित भएका मध्ये ३० हजार ३५९ संक्रमणमुक्त भएका छन्।