बिहीबार, भदौ ११, २०८३

२९ वटा जिल्लामा ५०० भन्दा धेरै सक्रिय संक्रमित

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार ४६ जिल्लामा २ सयभन्दा धेरै सक्रिय संक्रमित छन्। ५ सयभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्लाहरुमा प्रदेश १ मा ३ जिल्ला मोरङ, सुनसरी र झापा छन् भने प्रदेश २ का ४ जिल्ला रौतहट, धनुषा, पर्सा, महोत्तरी, बारा छन्। 

बागमतीका ८ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ र नुवाकोटमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित छन्। गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी पूर्व गरी ३ जिल्ला र लुम्बिनी प्रदेशमा ७ जिल्ला दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, र नवलपरासी पश्चिम छन्।

कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र बैतडीमा ५ सयभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: May 11, 2021| 12:49 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।