काठमाडौं– नेपालका विभिन्न अस्पतालका आईसीयूमा एक हजार ८४ जना कोरोना संक्रमतिको उपचार भइरहेको छ। यस्तै २९० संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
प्रदेश १ मा आईसीयूमा १२७ र भेन्टिलेटरमा २९ जना छन्। यस्तै प्रदेश २ मा आईसीयूमा उपचार गराइरहेकाको संख्या ६० छ। भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ। बागमती प्रदेशमा सबैभन्दा बढी ५२९ जना आईसीयूमा छन्। यस्तै भेन्टिलेटरमा १८४ जना छन्।
गण्डकी प्रदेशमा ८२ जना संक्रमित आईसीयूमा र ११ जनाको संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लुम्बिनीमा आईसीयूमा १६० र भेन्टिलेटरमा १३ जना छन्।
कर्णालीमा आईसीयूमा १०२ र भेन्टिलेटरमा आठ जनाको उपचार भइरहेको छ भने सदूरपश्चिममा आईसीयूमा २४ जना र भेन्टिलेटरमा आठ जनाको उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।