काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या ४० हजार २२२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ हजार १४४, भक्तपुरमा ४ हजार ५१९ र ललितपुरमा ६ हजार ५५९ जना सक्रिय संक्रमित रहेको छन्।
पछिल्लो २४ घण्टामा काठमााडौं उपत्यकामा ३९२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनालाई कोरोना पुष्टि भएको हो।
यस्तै काठमाडौंमा अहिलेसम्म ९१३, भक्तपुरमा १८८ र ललितपुमार २४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले मंगलबार जनाएको छ।