काठमाडौं– देशभर थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा १७ हजार ३६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
गत २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। सोही अवधिमा २२५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।
