बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहुमतको सरकारका लागि समर्थन जुटाउन केन्द्रित हुने कांग्रेस निर्णय

बहुमतको सरकारका लागि समर्थन जुटाउन केन्द्रित हुने कांग्रेस निर्णय

‘राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत आह्वान गरे बमोजिम दुई वा दुईभन्दा बढी दलको सहयोगमा हामी दाबी गर्छौं।’
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि  समर्थन जुटाउन सिंगो पार्टी केन्द्रित हुने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको सहमहामन्त्री डा‍. प्रकाशशरण महतले जानकारी दिए। 

‘प्रधानमन्त्रीले वैशाख २७ गते लिने विश्वासको मत लाई असफल पार्ने भनेका थियौं त्यो असफल भयो,’उनले भने, ‘अब राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा (२) अन्तर्गत आह्वान गरे बमोजिम दुई वा दुईभन्दा बढी दलको सहयोगमा हामी दाबी गर्छौं।’ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा नेकपा माओवादी केन्द्र प्रस्ट रहेको भन्दै उनले जसपा पनि एकजुट भएर समर्थन गराउन पहल गरिने बताए। 

‘उपेन्द्र यादवले समर्थन जनाइसक्नुभएको छ। महन्थजीहरुसँग पनि छलफल गर्छौं,’ उनले भने, ‘त्यो प्रयास सफल नभए पनि एमालेभित्रको असन्तुष्ट पक्ष छ त्यससँग पनि कुरा हुन्छ।’ पर्सिसम्म समय बाँकी रहेकाले अहिले देखिएको परिस्थिति परिवर्तन हुन सक्ने नेता महतले बताए।  जसपा पनि अन्तिमसमयमा एक भएर आउँछ भन्ने आफूहरुलाई विश्वास रहेको उनले जानकारी दिए। ‘तीनदल एक ठाउँमा आए त समस्या नै भएन,’ उनले भने, ‘नत्र हामी त्यो भन्दा बाहिर पनि पहल गर्छौं।’

प्रकाशित: May 11, 2021| 11:54 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।