बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा 

संक्रमितको शव व्यवस्थापन गर्ने सेनाको टोली विराटनगरमा 

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाहरुकोे शव व्यवस्थापनमा परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

विराटनगर– कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाहरुकोे शव व्यवस्थापनमा परिचालन गरिँदै आएको नेपाली सेनाको ‘बडी व्यवस्थापन’ टोलीलाई विराटनगरमा ल्याएर राखिएको छ। 

विराटनगरबाट करिब ४० मिनेटको दूरीमा रहेको मोरङको कटहरी गाउँपालिका–४ थलाहामा राखिँदै आएको टोलीलाई विराटनगर ल्याइएको हो। संक्रमितको मृत्यु भएको जानकारी पाएपछि तयार भएर आउन नै समय लाग्ने र बेलैमा शवको व्यवस्थापन गर्न गाह्रो भएर अवस्था जटिल बन्न थालेपछि टोलीलाई विराटनगर ल्याएर राखिएको नेपाली सेनाको भैरवनाथ गण थलाहाका गणपति एवं प्रमुख सेनानी गणेश रावलले जानकारी दिए। सेनाले दैनिक १० वटासम्म शवको व्यवस्थापन गरिरहेको छ। 

टोलीलाई छुट्टै आइसोलेसनसहित विराटनगरमा रहेको नेपाल रेडक्रस सोसाइटीको भवनमा राखिएको जानकारी रावलले दिए। यो टोली दुई साताका लागि मात्रै विराटनगर बस्नेछ। त्यसपछि अर्को टोलीले पालो दिएसँगै क्वारेन्टाइनमा बस्न जान्छ । संक्रमितको शव व्यवस्थापन गर्ने टोली प्रत्येक १५–१५ दिनमा परिवर्तन गरिने प्रमुख सेनाले रावलको भनाइ छ। 

शव व्यवस्थापन चाँडै गर्न सकियोस् भनेर टोलीलाई विराटनगरमै ल्याएर अलग्गै राखिएको उनले बताए। टोली विराटनगरै आएर बसेपछि संक्रमितको शव व्यवस्थापनमा भएरहेको असहज परिस्थितिको अन्त्य र समयको बचत तथा व्यवस्थापन समयमै हुने अपेक्षा गरिएको छ। शव व्यवस्थापनमा चार–चार जनाको दुईवटा टोली खटिँदै आएको छ। 
 

प्रकाशित: May 11, 2021| 11:13 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।