काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारीको बैठक सुरु भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो साढे ३ बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा पूर्वपदाधिकारीसमेत सहभाताी छन्। बैठकले नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिबाट आह्वान भएपछि त्यस विषयमा आवश्यक छलफल गर्ने बताइएको छ।
जसपाभित्रको विवादले बहुमतको सरकार बनाउन दलहरुलाई कठिन देखिएको छ। अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कांग्रेसको पदाधिकारी बैठकले निर्णय गर्ने बताइएको छ।