बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनमोर्चा अध्यक्ष केसी भन्छन्– पार्टी निर्देशन नमान्ने थापामाथि सीधै कारबाही हुन्छ

जनमोर्चा अध्यक्ष केसी भन्छन्– पार्टी निर्देशन नमान्ने थापामाथि सीधै कारबाही हुन्छ

‘हामी अरु बुर्जुवा पार्टीजस्तो होइन, केही दिन पर्खने, केही दिन हेर्ने– हामीले त प्रक्रियामा गएर सीधै कारबाही गर्ने हो।’ 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

पोखरा– गण्डकी प्रदेशको संसदीय राजनीतिले अचानक नयाँ मोड लिएपछि त्यसको कारक मानिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद कृष्ण थापामाथि कारबाहीको चेतावनी दिएका छन्। केसीले नेपाल समयसँग भने, ‘तपाईं यो के सोधिरहनुभएको छ, पार्टी निर्णय नमान्नेलाई के हुन्छ भन्ने बारेमा सोधिरहन पर्छ र?’ 

केसीले थापालाई पक्रियाअनुसार कारबाही गर्ने  बताए। उनले भने, ‘हामी अरु बुर्जुवा पार्टीजस्तो होइन, केही दिन पर्खने, केही दिन हेर्ने– हामीले त प्रक्रियामा गएर सीधै कारबाही गर्ने हो।’ तत्कालीन सदभावना पार्टीकी सांसद सरिता गिरीको उदाहरण दिँदै केसीले भने, ‘सरिता गिरीको जस्तो सोच्नुभएको होला, त्यस्तो हुँदैन।’

गण्डकी सरकारको साँचो दलबाट व्यक्तिका हातमा, मुख्यमन्त्रीमा गुरुङकै निरन्तरता

व्यक्तिलाई नेता र सांसद पार्टीले बनाउने भएकाले उसले पार्टीको निर्णय मान्नुपर्ने भनाइ केसीको छ। गण्डकी प्रदेशमा नयाँ सरकारका लागि विपक्षी गठबन्धनका मुख्यमन्त्रीको पक्षमा हस्ताक्षर गर्न नमानेका कारण जनमोर्चाले थापालाई कारबाही गर्न लागेको हो। ३१ जनाको हस्ताक्षरसहितको बहुमत लिएर प्रदेश प्रमुखकहाँ नयाँ सरकारको दाबी पेस गर्न जाने दिनको ११ औं घण्टामा आएर थापाले उक्त गठबन्धनलाई ‘धोका’ दिएका थिए।

प्रकाशित: May 11, 2021| 10:20 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।