बिहीबार, भदौ ११, २०८३

खोप खरिदमा भ्रष्टाचार भएको छैन : स्वास्थ्यमन्त्री

‘म स्पष्ट पार्न चाहन्छु– खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन्। उनले खोप खरिदमा कमिसन नदिएको र आफूले पनि नलिएको बताएका हुन्। 

स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले खोपका विषयमा धेरै हल्ला भएको बताए। मन्त्री त्रिपाठीले भने, ‘म स्पष्ट पार्न चाहन्छु– खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’

खरिद गरको २० लाख डोजमध्ये १० लाख डोज आएको जानकारी उनले दिए। भारतको खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युटमा आगलागी भएको र भारतमा पनि संक्रमण बढेकाले बाँकी खोप ल्याउन ढिलाइ भएको उनको भनाइ छ। 

मन्त्री त्रिपाठीले भने, संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुस्। कुनै तथ्य बिना नबोल्नुस्, बरु तथ्याँक चाहिए हामी उपलब्ध गराउँछौं। 
उनले एक डोजको चार डलरभन्दा कम मूल्यमा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोड भन्दा बढी डोज खरिद गर्न तयार रहेको बताए। 

प्रकाशित: May 11, 2021| 10:10 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।