बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी सरकारको साँचो दलबाट व्यक्तिका हातमा, मुख्यमन्त्रीमा गुरुङकै निरन्तरता

गण्डकी सरकारको साँचो दलबाट व्यक्तिका हातमा, मुख्यमन्त्रीमा गुरुङकै निरन्तरता

गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि आवश्यक पर्ने बहुमत संख्या नपुगेपछि मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङकै निरन्तरता हुने सम्भावना प्रवल देखिएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

पोखरा– गण्डकी प्रदेशमा नयाँ सरकार गठनको लागि आवश्यक पर्ने बहुमत संख्या नपुगेपछि मुख्यमन्त्रीमा पृथ्वीसुव्वा गुरुङकै निरन्तरता हुने सम्भावना प्रवल देखिएको छ। 

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले दिएको समय अझै बाँकी छ। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आजको लागि नयाँ सरकार गठनको सम्भावना सकिएको र थप कसरतको लागि अझै केही समय बाँकी रहेको नेपाल समयलाई जानकारी दिए। 

राष्ट्रिय जनमोर्चाका सांसद तथा सो पार्टीका संसदीय दलका नेता कृष्ण थापाले विपक्षी गठबन्धनमा हस्ताक्षर नगर्ने र मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई नै समर्थन गर्ने अडान कायम राखेपछि तत्काललाई नयाँ सरकार गठनको सम्भावना लगभग सकिएको हो। 

थापाले आफ्नो अडान नछोडेपछि जनमोर्चाका नेता तथा सांसदहरु सम्पर्कविहीन बनेका छन्। थापाले अब केही समय आफ्नो अडान कायम राखेमा पृथ्वीसुव्वा गुरुङ अबको एक महिना मुख्यमन्त्री हुनेछन्। ससदमा सो पार्टीको पनि स्पष्ट बहुमत नभएकाले उनले एक महिनापछि विश्वासको मत लिनुपर्ने हुन्छ। 

प्रदेश प्रमुख पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्मन्त्रीमा नियुक्त गर्नेछिन्। उक्त धारामा २ वा २ भन्दा बढी दलको समर्थनमा पनि बहुमतको सरकार बन्न नसके संसदमा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान राखिएको छ। र यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। 

बिहानसम्म एउटा पार्टीको हातमा रहेको प्रदेश सरकारको साँचो दिउँसो एकाएक व्यक्तिका हातमा पुगेको छ। तर थापाले मुख्यमन्त्रीका पक्षमा हस्ताक्षर गरे पनि उनले विश्वासको मत भने पाउने छैनन्। किनकी संसदबाट विश्वासको मत पाउन ३१ जनाले समर्थन गर्नुपर्ने हुन्छ। थापाले समर्थन गरेको खण्डमा गुरुङको पक्षमा २९ मतमात्रै हुन्छ।

प्रकाशित: May 11, 2021| 09:57 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।