काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन्। पूर्वराजदम्पती कोरोना संक्रमण भई विगत १८ दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्।
शाहको कोरोना परीक्षण रिपार्ट नगेटिभ आएको उपचारमा सलग्न डा. जेपी जयसवालले नेपाल समयलाई बताए। उनका अनुसार पूर्वरानी कोमलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएपछि उनलाई केही दिनअघि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। उनको पीसीआर रिपोर्ट भने आउन बाँकी छ।
अस्पतालले पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि कोरोना मुक्त भएको जनाएको छ। भारतको कुम्भ मेलामा सहभागी भएर फर्केका उनीहरूमा कोरोना संक्रमण देखिएको थियो।