बिहीबार, भदौ ११, २०८३

एभरेस्ट अक्सिजन उद्योगमा उत्पादन सुरु

एभरेस्ट अक्सिजन उद्योगले उत्पादन सुरु गरेको छ। तीन वर्षदेखि बन्द उद्योगले मंगलबारबाट उत्पादन थालेको सञ्चालक शिवप्रसाद घिमिरेले बताए।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– एभरेस्ट अक्सिजन उद्योगले उत्पादन सुरु गरेको छ। तीन वर्षदेखि बन्द उद्योगले मंगलबारबाट उत्पादन थालेको सञ्चालक शिवप्रसाद घिमिरेले बताए। उनका अनुसार प्राविधिक रुपमा बिग्रेकाले त्यसको मर्मत सम्पन्न भएको छ। 

‘प्राविधिक रुपमा केही बिग्रेको थियो। त्यसको मर्मत सम्पन्न भयो’, घिमिरेले नेपाल समयसँग भने, ‘अब उत्पादन सुरु भएको छ। आज साँझदेखि सिलिन्डरमा अक्सिजन भर्ने थालिनेछ।’ उद्योगले ४७ लिटर क्षमताको सिलिन्डर, ४० लिटर क्षमताको सिलिन्डर र १० लिटर क्षमताको सिलिन्डरमा अक्सिजन भर्नेछ। तीनै किसिमका सिलिन्डरमा भर्ने प्रणाली भएकाले दैनिक कम्तीमा ४ सय सिलिन्डर अक्सिजन उत्पादन हुने घिमिरले बताए।

यसअघि सोमबार अनुगमन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एभरेस्ट अक्सिजन उद्योगले दैनिक ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाएको थियो। ‘क्षमता त दैनिक ७ सय सिलिन्डर उत्पादन गर्ने नै हो’ घिमिरले भने, ‘धेरै पछि सञ्चालनमा आउन लागेकाले क्षमताअनुसार काम हुन्छ कि हुँदैन भनेर कम्तीमा ४ देखि ५ सय सिलिन्डर अक्सिजन उत्पादन हुने विश्वास लिएका छौं।’

पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा बढेसँगै सिकिस्त बिरामीको संख्या ह्वात्तै बढेको छ। त्यस्ता बिरामीलाई अक्सिजन आवश्यक परेकाले बजारमा अक्सिजनको कमी भएको अस्पतालहरुले बताउँदै आएका छन्। अक्सिजन उद्योगीले नेपालमा नै अक्सिजन उत्पादन गर्न सकिने बताए पनि सिलिन्डर पर्याप्त नभएको बताउँदै आएका छन्।

प्रकाशित: May 11, 2021| 08:54 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।