बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकामा १५ दिन थपियो निषेध आदेश 

काठमाडौं उपत्यकामा जारी निषेध आदेश १५ दिन थपिएको छ। 
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश १५ दिन थपिएको छ। 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज मंगलबार बसेको संयुक्त बैठकले २९ वैशाखसम्म जारी निषेध आदेश १५ दिन थपेर जेठ १३ सम्म लम्ब्याउने निर्णय गरेको ललितपुरका  प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ।

यसैगरी पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजभतेरका कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा सहभागी हुन नपाइने निर्णय भएको छ। निषेध आदेश कार्यान्वयनमा थप कडाइ गर्ने निर्णय पनि सीडीओहरुको बैठकले गरेको छ।

 

प्रकाशित: May 11, 2021| 08:01 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।