बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षलाई इंगित गर्दै सूर्य थापाले भने– सुकेका पात झर्दा केको चिन्ता !

नेपाल पक्षलाई इंगित गर्दै सूर्य थापाले भने– सुकेका पात झर्दा केको चिन्ता !

नेकपा (एमाले) का अध्यक्ष केपी ओली निकट सूर्य थापाले एमाले २०७५ जेठ २ मा फर्किन नहुने बताएका छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी ओली निकट सूर्य थापाले एमाले २०७५ जेठ २ मा फर्किन नहुने बताएका छन्। ट्विट गर्दै उनले बरु पार्टी अब २०७८ जेठ २ तर्फ अघि बढ्नुपर्ने बताएका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले एमालेको माधव–झलनाथ पक्षलाई संकेत गर्दै सुकेका पात झर्छन् भनेर चिन्ता गर्न नहुने टिप्पणी गरेका छन्।

उनले लेखका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन सक्दैन। नेता जन्माउने बनाउने पार्टी र जनताले हो।’ उनले महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढ्नुपर्ने पनि बताएका छन्।

प्रकाशित: May 11, 2021| 07:40 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।