काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।
कोभीड–१९ को जोखिम न्यूनिकरणका लागि भन्दै कालिमाटी बजार विकास मितिले खुद्रा व्यापार तथा कृषक बजार बन्द गर्ने निर्णय गरेको हो।
समितिले निकालेको विज्ञप्ति अनुसार काठमाडौं जिल्ला प्रशासनले तोकेको निषेध आदेश अवधिभर बजार बन्द रहने छ।
'कृषक बजार मंगलबारदेखि र खुद्रा बजार बिहीबारदेखि पूर्णरुपमा बन्दगरिने छ', समितिले जारी गरेको सूचनामा भनेको छ।
थोक बजारमा प्याकेजिङ गरेर दुई जनाको उपस्थितिमा सामाजिक दूरी कायम गरी तरकारी बिक्रि गर्न सकिने छ।
तरकारी बजारभित्र मोटरसाइकल, साइकल ठेलागाडा लैजान पाइने छैन।
ठूला कृषकहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर यार्ड वा होल्डिङ यार्डमा कारोबार गर्न सक्ने समितिले जनाएको छ।