पोखरा– कोभिड–१९ का कारण गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या निरन्तर उकालो लागेको छ। प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा १२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुुसार पछिल्लो पटक ज्यान गुमाउनेमा ६ जना कास्कीका मात्रै छन्।
म्याग्दी र रुपन्देही का २–२ तथा स्याङ्जा र तनहूँका १–१ जनाले कोभिडका कारण ज्यान गुमाएको शर्माले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८८ पुगेको छ।