बिहीबार, भदौ ११, २०८३

विदेशमा अलपत्र श्रमिक खोज्दै वैदेशिक रोजगार विभाग

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूको तथ्यांक संकलन सुरु गरेको छ।  
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार विभागले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरूको तथ्यांक संकलन सुरु गरेको छ।  

कुन देशमा कति नेपाली अलपत्र छन् भन्ने विषयमा आइतबारबाट तथ्यांक संकलन गर्न सुरु गरिएको विभागले जनाएको छ। कतार, साउदी अरब, दुबई, मलेसिया, बहराइन, कुवेतलगायतका देशमा रहेका श्रमिकहरूको अवस्था के छ भनेर दूतावाससँग जानकारी माग्ने काम भइरहेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए। 

उनले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत् विभिन्न देशका दूतावाससँग त्यहाँ रहेका श्रमिकहरूको अवस्थाका विषयमा जानकारी माग्ने काम भइरहेको छ। तथ्यांक संकलनपछि उद्धार प्रक्रिया अघि बढ्ने छ।’ 

पराराष्ट्र मन्त्रालयमार्फत् संकलन भएको तथ्यांक कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पेस गरिने छ। त्यसपछि सीसीएमसीले अलपत्र परेका नेपालीको उद्धारका लागि नेपालबाट चार्टर विमान पठाउने छ। तल्काल भने विमान पठाउने कुनै योजना नरहेको सीसीएमसीले जनाएको  छ। 

पहिलो लहरको कोरोनासँगै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा वैदेशिक रोजगारीमा गएका हजारौं युवा अलपत्र परेका थिए। भिसा अवधि सकिएका उनीहरू सडकमा बसेर रुँदै स्वदेश फर्किन याचना गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए। 

यसपटक त्यो स्थिति नआओस् भनेर तथ्यांक संकलन गर्न सुरु गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। नेपालमा वैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ।

प्रकाशित: May 11, 2021| 07:30 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।